aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ट्विटरको आम्दानी ५ बिलियनबाट २६.४ बिलियन डलर पुर्याइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ बैशाख २०७९
ट्विटरको आम्दानी ५ बिलियनबाट २६.४ बिलियन डलर पुर्याइने

एजेन्सी । इलोन मस्क ट्विटरको राजस्व गत वर्ष ५ बिलियन डलरबाट सन् २०२८ सम्ममा २६.४ बिलियन डलर पु¥याउने योजना बनेको छ । इलोन मस्कले शुक्रबार लगानीकर्तालाई दिएको प्रस्तुतिमा यस्तो बताएका हुन् । राजस्व बढाउन ट्विटरलाई सब्सक्रिप्शन मोडमा लैजाने योजना छ । मस्कले हालै यो माइक्रो ब्लगिङ साइट ४४ अर्ब डलर किनेका छन् ।

एलोन मस्कको अनुमानमा ट्विटरको प्रति प्रयोगकर्ता औसत राजस्व २०२८ सम्ममा ३०.२२ मा वृद्धि गर्न सक्नेछन्, जुन गत वर्ष  २४.८३ बाट ट्विटरले गत वर्ष प्रिमियम सदस्यता सेवा ट्विटर ब्लू सुरु ग¥यो र इलोन मस्कले २०२५ सम्ममा ट्विटरका ६ करोड ९० लाख प्रयोगकर्ता हुने अपेक्षा गरेका छन् ।

इलोन मस्क ट्विटरलाई विज्ञापनबाट स्वतन्त्र बनाउन चाहन्छन् । ट्वीटरको कुल राजस्वमा विज्ञापनको हिस्सा ४५ प्रतिशतमा झर्नेछ । जुन सन् २०२० को तुलनामा सन् २०२८ सम्ममा ९० प्रतिशतले घट्नेछ । योजना अनुसार सन् २०२८ मा मस्कले विज्ञापनबाट १२ अर्ब डलर र प्रयोगकर्ताको सदस्यताबाट १० अर्ब डलर पाउनेछन् ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार मस्कले २०२५ सम्ममा ट्विटरको नगद प्रवाह ३.२ बिलियन डलर र सन् २०२८ मा ९.४ बिलियन डलर पु¥याउने लक्ष्य राखेको छ । ट्विटरसँगको सम्झौता फाइनल भएपछि अब इलोन मस्क आफैंले ट्विटरको जिम्मेवारी सम्हाल्ने र तत्कालका लागि ट्विटरको सीईओ बन्ने सम्भावना छ ।

ब्लुमबर्गको एक रिपोर्टले ट्विटरको लागि कोष जुटाउने पिचको क्रममा एलोन मस्कले जागिर कटौती गर्ने विचार प्रस्तुत गरेको बताएको छ । तर, अहिलेसम्म यस्तो चर्चामा ट्विटरबाट कुनै प्रतिक्रिया आएको छैन । इलोन मस्कले आगामी दिनमा ट्विटरलाई फेसबुक जस्तै पैसा कमाउने कम्पनी बनाउन खोजिरहेका छन् । यसका लागि उनी निरन्तर मन्थन गरिरहेका छन् ।

ट्विटर एक माइक्रोब्लगिङ प्लेटफर्म हो, जुलाई २००६ मा सुरु भयो । यो ज्याक डोर्सी, नूह ग्लास, इभान विलियम्स र बिज स्टोनद्वारा स्थापित भएको थियो । सुरुमा १४० क्यारेक्टर मात्रै ट्विट गर्न सकिन्थ्यो तर २०१७ मा यो दोब्बर बढेर २८० पुगेको थियो । विश्वमा ट्विटरका २१७ मिलियन सक्रिय प्रयोगकर्ता छन् । यसका अमेरिकामा ७७ मिलियन र भारतमा २४ मिलियन प्रयोगकर्ता छन् । विश्वभर हरेक दिन करिब ५० करोड ट्वीटहरू गरिन्छन् । ट्विटर घाटा कमाउने कम्पनी हुन सक्छ । तर यसको अप्रत्यक्ष मूल्य धेरै उच्च छ ।

प्रतिक्रिया दिनुहोस