aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१४ जना नयाँ सक्रमित थपिए, २१ निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ बैशाख २०७९
१४ जना नयाँ सक्रमित थपिए, २१ निको भए

 काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन् । पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ । 

हाल होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेशनमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस