aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

खल्तीले फिर्ता ल्यायो रिफर गरि अनलिमिटेड कमाउने अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
खल्तीले फिर्ता ल्यायो रिफर गरि अनलिमिटेड कमाउने अफर

काठमाडौं । अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ । यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो–आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् ।

प्रत्येक  रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउनेछन्  । खल्तीमा बैंक लिंक गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो । केहि सेकेन्ड मै बैंक खाता लिंक गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन् । यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो । 

यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा  एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिंक गरेमा एक सय रुपैयाँ बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् । यस अफरको बारेमा कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “बैंक लिङ्क भुक्तानी सहज गर्ने सुविधा हो जुन हाम्रा प्रयोगकर्ताहरूले एकदमै मनपराएका छन् । यसले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ । यस सुविधालाई थप प्रयोगकर्ता माझ पुर्याउन  बैंक लिङ्क गर्न प्रोत्साहित गर्न रिफर एण्ड अर्न अफर ल्याएका हौं ।”  
 

प्रतिक्रिया दिनुहोस