aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै  नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । 

साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिने जनाएको छ  । 

इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक रु. ५,००० तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिने जनाएको छ । रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका थिए । 

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सि.इ.ओ – अजेस कोइरालाले भने, “रोमानियामा पहिला देखि नै नेपालीहरु अध्ययन, काम र बसोबास गर्दै आएका छन् र यस सम्झौता मार्फत हामी उनीहरुलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौ ं। साथै, कम सेवा शुल्कमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने भएकाले पनि सेवाग्राहीले स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरमार्फत नै नेपाल रेमिट्यान्स पठाउने कुरामा हामी विश्वस्त छौ”।

 

                                                            


 

प्रतिक्रिया दिनुहोस