
काठमाडौं । सगरमाथा आरोहणका लागि बसन्त याममा विभिन्न देशका ३१७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार हिमाल आरोहणको यो सिजनका लागि ५८ देशका ३१७ नागरिकहरुले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । जसमा २४४ जना पुरुष र ७३ जना महिला रहेका छन् ।
विभागको तथ्याङक अनुसार यो सिजनमा २७३ वटा हिमाल आरोहणका लागि ९५३ जनाले अनुमति लिएका छन् । जसबाट ४७ करोड ४६ लाख ६६ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । भने सगरमाथा हिमालबाट सबैभन्दा बढी ३९ करोड ६८ लाख ५१ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
यस सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकन नागरिकहरु रहेका छन् । सगरमाथा आरोहणका लागि ६५ जना अमेरिकन नागरिकले अनुमति लिएका छन् । त्यस्तै, बेलायतका ३४ जना, भारतीय नागरिक २३ जना, नेपालबाट २१ जना, क्यानडाका १७ जना, रुसबाट १७ जना, फ्रान्सका १३ जना र अष्ट्रेलियाका ११ नागरिकले अनुमति लिएका हुन् । त्यसैगरी अन्य देशका ११६ नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिएको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस