aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बागफाटा महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
बागफाटा महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम उद्घाटन

काठमाडौं । डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन  गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य,  सेल्स अफिसर कमल रिमाल  , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्ट को उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ । 

४ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले  जानकारी  दिए ।
 

प्रतिक्रिया दिनुहोस