
लुम्बिनी । जेठ २ गते पवित्र उद्यान लुम्बिनीमा आयोजित २५६६ औं बुद्ध जयन्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि समेत आउने पक्का भएकोछ । मोदी नेपालका सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताए ।
भारतीय प्रधानमन्त्री मोदी एकदिने भ्रमणका कुशिनगरबाट सिधैं भारतीय विशेष विमान मार्फत सिधै लुम्बिनीमा ओर्लने भएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका लागि परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष तयारी तीव्र रूपमा अघि बढाएका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावास र विदेश मन्त्रालय पनि उक्त भ्रमणको तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री देउवाको निमन्त्रणमा मोदी २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् । मोदी करिब ५ घण्टाका लागि लुम्बिनी आउने र त्यस अवसरमा उनले मायादेवीको मन्दिरमा पूजाआजा र भारतले बनाउने विहारको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा र मोदी दुवै मिलेर अन्तराष्टिय बौद्ध सम्मेलन केन्द्र तथा ध्यान केन्द्रमा आयोजित लुम्बिनी दिवस तथा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले बताए ।
मोदी दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी चार पटक नेपाल आइसकेका छन् । मोदी प्रधानमन्त्रीका रूपमा पहिलो पटक २०७१ साउन पहिलो साता आएका थिए । मोदी दोस्रो पटक सोही वर्षको मंसिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा २०७५ वैशाख अन्तिम साता नेपालको दुईदिने औपचारिक भ्रमण गरेका थिए । मोदी त्यही वर्षको भदौ १४ र १५ मा भएको चौथो बिमस्टेक सम्मेलन क्रममा नेपाल आएका थिए । अहिले सित मोदीको पाँचौ भ्रमण हो ।
भर्खरै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि नै कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै छ । उक्त विमानस्थलमा परीक्षण उडान भइसकेको छ । मोदी हेलिकोप्टरमा आउने भएपछि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदै छ । सभाहल परिसरलाई रंगरोगनले सिँगारिएको छ ।
भारतीय सम्राट अशोकपछि लुम्बनीमा राजा कनिष्क, त्यसपछि हर्षबर्धन र त्यसपछि भारतको कार्यकारी प्रधानमन्त्री मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनमा विशेष बढवा हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस