aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उत्तर कोरियामा कोरोनाबाट एक जनाको मृत्यु भएको पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
उत्तर कोरियामा कोरोनाबाट एक जनाको मृत्यु भएको पुष्टि

एजेन्सी । उत्तर कोरियामा एकजनामा कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ  । उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो “विस्फोटक रूपमा“ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ । 

कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले  बिहीबार जानकारी दिएको थियो । सो समाचार समितिले त्यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो सङ्क्रमण पाइएको जानकरी दिएको थियो । 

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएका थिए । त्यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ  । यो सङ्क्रमण पाइएपछि त्यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको  छ   ।

प्रतिक्रिया दिनुहोस