aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप सातमा कोरोना सङ्क्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
थप सातमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप सात  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४३७ को नमूना परीक्षण गरिएको थियो । एक हजार १४८ पिसिआर र २८९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

गत २४ घण्टामा १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८७३ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कसैले पनि कोभिड विरुद्धको खोप लगाएका छैनन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १६४ सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस