
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता हाललाई स्थगित भएको छ । सम्झौता फाइनल हुनु अघि, इलोन मस्कले ट्वीट गर्दै यो सम्झौता केहि समय को लागी स्थगित गरिएको जनाएका छन । उनीले स्प्याम वा नक्कली खाताहरू साँच्चै ट्विटरमा ५% भन्दा कम छन् भनेर सही गणना विवरण अझै खुलासा गरिएको छैन भनेर आरोप लगाएका छन् ।
ट्विटरले आफ्नो फाइलिङमा भनेको अनुसार मोनेटाइजेबल दैनिक सक्रिय प्रयोगकर्ताहरूमा स्प्याम खाताहरूको संख्या २०२२ को पहिलो त्रैमासिकमा ५ % भन्दा कम भएको देखाएको छ । कम्पनीले यो अनुमान मात्रै भएको र स्प्याम खाताको संख्या बढी हुन सक्ने बताएको छ । डिल होल्ड जानकारी सतहमा आएपछि ट्विटरको सेयर प्रि–मार्केटमा २० % भन्दा बढी घट्यो ।
ट्विटरले भन्यो, ’हामीले खाताको नमूनाको आन्तरिक समीक्षा गरेका छौं । यसले २०२२ को पहिलो त्रैमासिकमा स्प्याम खाताहरूको संख्याको ५% भन्दा कम हुने अनुमान गरेको छ । स्प्याम खाताहरूको हाम्रो अनुमानले त्यस्ता खाताहरूको वास्तविक संख्यालाई सही रूपमा प्रतिबिम्बित गर्दैन। यसको संख्या हाम्रो अनुमानभन्दा बढी हुन सक्छ ।''
अप्रिल १४ मा इलोन मस्कले ४३ बिलियन डलरमा ट्विटर किन्न प्रस्ताव गरेका थिए । मस्कले भनेका थिए, “मैले ट्विटरमा लगानी गर्न थालेको अघिल्लो दिनको मूल्यको ५४ % प्रिमियममा प्रति शेयर ५४.२० मा १०० % शेयर किन्न प्रस्ताव गर्दैछु ।“ यो प्रस्ताव मेरो सबैभन्दा राम्रो र अन्तिम प्रस्ताव हो र यदि यो स्वीकृत भएन भने, मैले शेयरधारकको रूपमा मेरो स्थितिमा पुनर्विचार गर्नुपर्नेछ ।
मस्कको ट्विटरमा ९.२ प्रतिशत शेयर छ । यसको जानकारी ४ अप्रिलमा सार्वजनिक भएको हो । मस्कले प्रारम्भिक फाइलिङमा ४३ अर्ब डलरको प्रस्ताव गरेको हुनसक्छ । तर सोमबार ट्वीटरले सम्झौता अनुमोदन गरेपछि यो संख्या ४४ अर्ब डलर पुगेको छ । यो संख्या बढ्नुको कारण के हो, अझै खुल्न सकेको छैन ।
मस्कले गत हप्ता अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा नयाँ फाइलिङमा उनले यो रकम ऋण र नगदको मिश्रण हुने बताएका छन । लगानी बैंक मोर्गन स्टेनली र अन्य ऋणदाताहरूले टेस्ला स्टक विरुद्ध १३ बिलियन समूह ऋण वित्तपोषण र १२.५ बिलियन ऋण प्रदान गर्नेछन् । आफ्नो खल्तीबाट २१ अर्ब डलर उठाउने छन् । यस्तो अवस्थामा मस्कले जम्मा ४६.५ अर्ब डलर जुटाउने योजना प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस