
एजेन्सी । वर्षको पहिलो चन्द्रग्रहण सोमबार अर्थात आज लाग्दैछ । यो पूर्ण चन्द्रग्रहण हुनेछ, जुन विश्वका धेरै भागबाट देखिनेछ। यो ग्रहण नेपाल, भारतमा देखिने छैन । जसका कारण यहाँ सुतक अवधि मान्य हुनेछैन।
भारतीय समय अनुसार १६ मे सोमबार बिहान ७ः०१ बजेबाट ग्रहण सुरु भई दिउँसो १२ः२० बजे सम्म रहनेछ। यसको कुल अवधि ५ घण्टाभन्दा बढी हुनेछ। वैज्ञानिकहरुका अनुसार यो चन्द्रग्रहण अन्टार्कटिकाका केही स्थान र दक्षिण–पश्चिम युरोप, अफ्रिका, अष्ट्रेलिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, प्रशान्त, एट्लान्टिक र हिन्द महासागरलगायत एशियाका केही स्थानबाट देखिने छ । यो चन्द्रग्रहणलाई ब्लड मुन पनि भनिन्छ ।
प्रतिक्रिया दिनुहोस