aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

काठमाडौं । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकका छन् । उनि आज विहान ०७।३० बजे सगरमाथाको चुचुरोमा पुगेको हो । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनि पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेको हो ।

नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा गएको थियो । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् ।

अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डा। प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेका थियो । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन्।

प्रतिक्रिया दिनुहोस