aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप १२ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ जेठ २०७९
थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य  रहेको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२  पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६२७ जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या १५० जना रहेका छन् ।              

प्रतिक्रिया दिनुहोस