aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ११ जनामा कोरोना संक्रमण, १२ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
थप ११ जनामा कोरोना संक्रमण, १२ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११ जना नयाँ संक्रमित थपिएका हुन् ।                  

त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ं८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ८७४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या पनि शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १४९ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस