aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप १० जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण भएको जनाएको छ । आरटी पीसीआर परिक्षण गर्दा ८ जना र एन्टीजेन परिक्षण गर्दा २ जना गरि जम्मा १० जनामा कोरोना संक्रमण भएको हो । 

त्यस्तै, यस अवधिमा २ हजार ७६८ जनामा कोरोना परिक्षण गरिएको थियो भने ३१ हजार ३८८ जनाले खोप लगाएका थिए । यस अवधिमा १६ जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोनाका संक्रिय संक्रमितको संख्या १३३ रहेको मन्त्रालयले जनाएको छ ।     
 

प्रतिक्रिया दिनुहोस