aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सोलुखुम्बु क्षेत्रमा विभिन्न नाममा पर्यटकलाई ‘लुट्ने धन्दा’ अझै रोकिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
सोलुखुम्बु क्षेत्रमा विभिन्न नाममा पर्यटकलाई ‘लुट्ने धन्दा’ अझै रोकिएन

काठमाडौं, वैशाख १२ । सरकारले पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम अघि सारेको भए पनि पर्यटकीय क्षेत्रमा पर्यटकसँग मनपरी शुल्क असुल्न भने छोडेका छैनन् ।

आर्थिकन्युज डटकमले सोलुखुम्बु जिल्लामा विभिन्न संघसंस्थाका नाममा पर्यटकसँग रकम असुल्ने गरेको समाचार प्रकाशित गरेपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले नगेन्द्र रानाले त्यसलाई नियत्रन्ण गर्ने बताए पनि अहिलेसम्म रोकिएको छैन ।

गैरकानुनीरुपमा पर्यटकसँग रकम असुल गरेको विषयलाई स्थानीय प्रशासनलाई पनि जानकारी हुँदाहुँदै पनि नरोकिनुलाई रहस्यम रहेको पर्यटकको गुनासो छ । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्लामा विदेशीमात्रै होइन आन्तरिक पर्यटकको पनि निक्कै आकर्षण रहेको छ । तर, त्यस क्षेत्रमा घुम्न जाने पर्यटकहरु स्थानीय होटल व्यवसायी एवम् संघसंस्थाले गरेको खुलेयाम ठगीले भने दिक्क हुने गरेका छन् ।

नेपाली संस्कार अनुसार पाहुनालाई भगवान मान्ने प्रचलन छ । तर, त्यस क्षेत्रमा घुम्न आउने पाहुनालाई ठगी गर्दा पनि प्रशासन मौन रहनुलाई दुखद् अवस्था भन्ने टिप्पणी पर्यटक एवम् त्यस क्षेत्रमा पर्यटक लिएर जाने व्यवसायीको छ । 

पर्यटकले खाएको बसेको मात्रै पैसा तिर्ने होइन, त्यस क्षेत्रमा प्रवेश गरेको, मोबाइल चार्ज गरेको, वाईफाई चलाएको, तातो पानी पिएको जस्ता कुरामा पनि चर्को मूल्य असुल्ने गरेको पर्यटकको गुनासो छ । ‘हो उच्च हिमाली क्षेत्र भएकाले अन्यत्रभन्दा केही महँगो त अवश्य नै पर्छ तर लागत मूल्यभन्दा कयौं गुणा बढी मूल्य असुल्नु र जथाभावी रकम असुल्नु कालो बजारी हो ।’ आर्थिकन्युजको सम्पर्कमा आएका पर्यटकको गुनासो छ । उनीहरुले भने–‘होटलमा महँगो शुल्कमात्रै तिर्ने होइन, त्यहाँ पर्यटकले बाटो हिँडेको पनि कर तिर्नुपर्छ । ठाउँ–ठाउँमा पैसा तिर्नुपर्ने झन्झटका कारण त्यस क्षेत्रप्रति पर्यटकको नकारात्मक प्रभाव पर्दै गएको छ ।’  

 

नाममात्रका होटल संघद्धारा गैरकानुनी शुल्क अशुली, सिडीओ भन्छन् आजै पक्राउ गर्छु
https://archive.aarthiknews.com/2019/04/05/185343/?fbclid=IwAR2UQBd3rz1hDHyjvyXcRFLsJs3tJP0xAOQkvf9jWZ9iGtpjW4ZUMssYRG4

प्रतिक्रिया दिनुहोस