aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

स्मार्टच्वाईस र फर्स्ट पे बिच अन्तरआवद्धताको लागी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
स्मार्टच्वाईस र फर्स्ट पे बिच अन्तरआवद्धताको लागी सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर  बिच अन्तरआवद्धताको लागि एतिहासिक सम्झौता सम्पन्न भएको छ ।

बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै एससीटी युपीआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पे र वीच्याट मा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रधान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिज बिच भएको एस एतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आश लिएको छ । 

नेपाल राष्ट्र बैंकद्धारा माघ २१ गते जारी गरेको परिपत्र मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लाई अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौता पश्यात फस्र्ट पे क्यूआरको सुबिधा लिएका बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले फस्र्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ । 

जेष्ठ ४ गते स्मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फस्र्ट पे को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजाल बिच सम्झौतामा हस्ताक्षर तथा आदन प्रधान सम्पन्न भएको थियो । 
     

प्रतिक्रिया दिनुहोस