aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले विहीबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुुुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो । 

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उहाँले बताउनुभयो । खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस