aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
ठमेलमा खुल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’

ठमेलमा खुल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० पुस २०७५
ठमेलमा खुल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’

काठमाडौं, पुष १० । काठमडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’ औपचारिक रुपमा संचालनमा आएको छ ।

छायाँदेवी कम्पनीले प्रवर्दन गरेको ‘छायाँ सेन्टर’ नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी रहेको छ ।

उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटकसंग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको छायाँ सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको भनाई छ ।

पर्यटकीय व्यवसायीक गन्तव्यका रुपमा छायाँ सेन्टर सञ्चालनमा ल्याइएको हो । उक्त कम्प्लेक्समा स्टार स्तरको होटलसहित तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याक्वेट हल, सेमिनार हल , रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबलगायतका सुविधाहरु उपलब्ध रहेका छन् ।
बैंकका शाखा कर्पोरेट कम्पनीकमा कार्यलयहरु पनि यो सेन्टरमा रहने छन ।

छायाँ सेन्टरमा पाँच तारे स्तरको अमेरिकन चेन होटल मोरिर्ट्स पनि आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी भएको छायाँ सेन्टरले जनाएको छ ।

१५ तले भवनको पाँचौंदेखि १५ औं तलासम्म होटल सञ्चालन हुने छ । होटलसंगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ । पाँच वर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत पाँच अर्बभन्दामाथि पुगेको अध्यक्ष पाण्डेले उद्घाटन समारोहमा बताए ।

उक्त कम्प्लेक्समा तीन सय बढी सवारी साधन पार्क गर्न मिल्ने अन्डरग्राउण्ड बेसमेन्टमा पार्किङस्थल निमार्ण गरिएको छ । छायाँ सेन्टरका अध्यक्ष पाण्डेले पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ् कम्प्लेक्स संचालन गर्न लागेको बताएका छन । ठमेलको पर्यटकलाई मात्र नभई समग्र नेपालको पर्यटन स्तरवृद्धि गर्न सहयोग पुर्याउने उनको विश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टाराईले छायाँ कम्प्लेक्सले ठमेललाई मात्र होइन सिङगो मुलुकमा नै सुरक्षित लगानीको आत्मविश्वास बढाउन लागि परेको बताए । उनले भने ‘अब हामी एक स्टेप अगाडि जानु छ । र मुलुकलाई अन्तराष्टि«य स्तरमा पनि नेपाल सुरक्षित लगानीको गन्तब्य हो भनेर चिनाउनु छ ।’

विश्वभरीका लगानीकर्ताको लागि यस्ता बहुउद्देस्यीय परियोजनाहरुमा भएको ठुलो लगानीले अझ नेपाल सुरक्षित लगानीको स्थल हो भन्ने प्रष्ट पारेको उनले बताए । ‘हामीले अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छौं’

नेपाल भित्र ठुलठुला पुँजीको ठुला आयोजनाहरु निमार्ण हुनु पर्ने र यसैको श्रृङखलाको रुपमा छायाँ कम्प्लेक्स स्थापना भएकोसमेत बताए । उनले भने ‘सिङगो नेपाल सरकारको तर्फबाट हाम्रो पार्टीले कुनै व्यवसाहिहरुको मनोवल गिराउने तिर लागेका छैनौ । सरकारले दिनुपर्ने सुविधा तिर हाम्रो ध्यान जानेछ । कुनै पनि प्रसासनिक झन्झट हाम्रो तर्फबाट हुने छैन ।’

प्रतिक्रिया दिनुहोस