aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मस्कको कमाई १.८० लाख करोड नाघ्यो, अन्य सिइओको कसको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
मस्कको कमाई १.८० लाख करोड नाघ्यो, अन्य सिइओको कसको कति ?

एजेन्सी । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक इलोन मस्कपछि दोस्रो धनीको सूचीमा छन् । फच्युनका अनुसार टिम कुकले गत वर्ष ७७०.५ मिलियन डलर क्षतिपूर्ति पाएका थिए । उनले १.७ बिलियन डलरको १०–वर्ष अनुदान प्राप्त गरेका थिए । कुकको कार्यकालमा एप्पलको मूल्य २.२ ट्रिलियन डलरले बढेको छ ।

तेस्रो नम्बरमा एनभिडियाका जेन्सेन हुआङ छन् । जसले २०२१ मा ५६१ मिलियन डलर कमाए । ह्वाङले २०११ र २०१२ मा प्राप्त गरेको अनुदानको म्याद सकिन लागेको थियो । जुन उनले बेचेका थिए । पछिल्लो १० वर्षमा एनभिडियाको शेयरको मूल्य झण्डै ६० गुणा बढेको छ । नेटफ्लिक्स रीड हेस्टिङ्सले चौथो स्थान पायो ।  जसको गत वर्ष ४५३.५ मिलियन डलर वा करिब ३,५१५.७४ करोड रुपैयाँ क्षतिपूर्ति थियो ।

माइक्रोसफ्टका सत्य नाडेला ३०९.४ मिलियन डलर क्षतिपूर्तिसहित सूचीमा सातौं स्थानमा छन् । उनले लगातार छैटौं वर्ष ‘मोस्ट सीईओ’को उपाधि पनि जितेका छन् । नाडेला सन् २०१७ देखि माइक्रोसफ्टको नेतृत्व गर्दै आएका छन् । आर्थिक नीति संस्थानको प्रतिवेदन अनुसार २०२० मा ठूला कम्पनीका सीईओहरूले साधारण कर्मचारीको तलबभन्दा ३५१ गुणा बढी रकम प्राप्त गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस