aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तारा एयर दुर्घटनाको छानविन आयोग गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
तारा एयर दुर्घटनाको छानविन आयोग गठन

काठमाडौं ।  तारा एयरको विमान दुर्घटनाको छानविन गर्न सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ १३ जना नेपाली सहित २२ जनाको मुत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस