aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बेइजिङमा कोरोना सङ्क्रमितद्धारा विद्रोह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ जेठ २०७९
बेइजिङमा कोरोना सङ्क्रमितद्धारा विद्रोह

बेइजिङ । । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूले कोरोना नियन्त्रण सम्बन्धी नियमहरूको उलङ्घन गर्न थालेका छन् ।  दैनिक हजारौँले नियम उलङ्घन गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

क्वारेन्टाइनमा बसेका वा बस्नुपर्ने अवस्थामा रहेकाहरू नै अहिले बाहिर निस्कने गरेको उनीहरूको भनाई छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेपछि पछिल्लो पाँच हप्तादेखि सरकारले आम नागरिकलाई घर भित्रै बस्न अनुरोध गरेको छ । 

विषेश गरेर सङ्क्रमित भएकाहरूलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियमहरूको पालना कडाइका साथ गर्न पनि सरकारी अधिकारीहरूले आह्वान गर्दै आएका छन् । लामो समयदेखि क्वारेन्टाइनमा बस्नु परेको र बाहिर निस्कन नपाएकोले सरकारी नियम नै उलङ्घन गरी बाहिर निस्कने गरेको उनीहरूले बताएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस