aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तारा एयरको पोखरा–जोमसोम उडान २० गतेदेखि २७ गतेसम्म स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
तारा एयरको पोखरा–जोमसोम उडान २० गतेदेखि २७ गतेसम्म स्थगित

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ ।एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको राससलाई जानकारी दिए।  यस्तै यती एयरलाइन्सका बिहीबारका लागि काठमाडौँबाट पाँच र नेपालगञ्जबाट हुने पाँच उडान रद्द भएका छन् । उडान गन्तव्यमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडान रद्द भएको प्रवक्ता बर्तौलाले बताए ।

पहिला पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस