aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

होटलको कोठाबाट प्लास्टिकको प्रयोग बन्द गर्ने अभियान शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
होटलको कोठाबाट प्लास्टिकको प्रयोग बन्द गर्ने अभियान शुरु

काठमाडौं । होटल एसोसिएसन नेपालले होटलको कोठाबाट प्लास्टिकको प्रयोग बन्द गर्ने अभियान सुरु गरेको छ । एसोसिएसन नेपाल प्लास्टिकरहित होटल बनाउने उद्देश्य सो अभियान सुरु गरेको जनाएको छ । 

एसोसिएसन नेपालले आज एक कार्यक्रम गर्दै अभियान सुरु गरेको हो । होटलको कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र प्लास्टिकजन्य वस्तुलाई घटाउँदै सकेसम्म प्लास्टिकको प्रयोग नगर्ने हानले जनाएको छ । 

होटलबाट सुरु भएको यो अभियान घरबाट पनि सुरु गर्नु पर्ने र होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिइने बताइन् ।

‘प्लास्टिकको प्रयोग दिनहुँ बढ्दो छ, यसको प्रयोगले जलवायू परिर्वतनमा ठूलो असर पुयाएको छ, यसले पर्यटकीय क्षेत्रपनि फोहोर बन्दै गएको छ, यो अभियान सुरु भएको छ अब देशै भरी यो कुराका अवलम्बन गर्नु पर्छ,’ उनले भनिन् । अभियानको लागि पर्यटन बोर्डले पनि साथ दिने पर्यटन बोर्डका उपाध्यक्ष टंक रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस