aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

इलोन मस्को कम्पनीले १० प्रतिशत कर्मचारी निकाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० जेठ २०७९
इलोन मस्को कम्पनीले १० प्रतिशत कर्मचारी निकाल्दै

एजेन्सी । इलेक्ट्रिक कार निर्माता टेस्लाका सीईओ एलोन मस्कले कर्मचारी कटौती गर्ने भएका छन् । मस्कले अर्थतन्त्रको बारेमा एकदमै नराम्रो अबस्थामा रहेकाले कर्मचारीहरूलाई १०% घटाउनुपर्ने बताएका छन । 

रोयटर्सका अनुसार यसअघि इलोन मस्कले टेस्लाका कर्मचारीहरूलाई अफिसमा आएर काम गर्न नत्र टेस्ला छोड्न चेतावनी दिएका थिए । यससँग सम्बन्धित एउटा मेल सामाजिक सञ्जालमा लिक भएको थियो। यस मेलमा कोरोनाका कारण सुरु भएको वर्क फ्रम होम) अन्त्य गर्ने घोषणा गरिएको थियो ।
 
कर्मचारीले हप्तामा कम्तीमा ४० घण्टा कार्यालयमा काम गर्नुपर्ने मेलमा लेखिएको थियो । टेस्लाको मुख्य कार्यालयमा आएपछि मात्र कर्मचारीले काम गर्नुपर्ने पनि लेखिएको छ । टाढाको शाखा कार्यालयमा कर्मचारीले काम गरे भने उनीसँग वार्ता हुँदैन ।

एलोन मस्कको कुल सम्पत्ति २३३.७ बिलियन डलर छ । उनी इलेक्ट्रिक कार कम्पनी टेस्ला मार्फत पृथ्वीमा र स्पेसएक्स मार्फत अन्तरिक्षमा यातायात क्रान्ति ल्याउने काम गरिरहेका छन् । उनीसँग टेस्लाको २१ हिस्सेदारी छ ।  
 

प्रतिक्रिया दिनुहोस