aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

महेन्द्रनगर, कञ्चनपुरमा डिशहोम फाईबरनेटको शोरूम खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० जेठ २०७९
महेन्द्रनगर, कञ्चनपुरमा डिशहोम फाईबरनेटको शोरूम खुल्यो

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ ।

सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाले उपस्थिति रहेको थियो भने डिलरका तर्फ बाट र डिलरका म्यानेजर जगदिश भट्टकोे उपस्थिति रहेको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

३ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस