
सोल । दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाख ७४ हजार ८८० पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यहाँ पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको सङ्ख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन् ।
दैनिक सङ्क्रमित अघिल्लो दिन ५ हजार २२ जना थियो । आइतबारको तुलनामा सोमबार थोरै बढेको पाइएको छ । कोरिया रोग नियन्त्रण निकायका अनुसार यो एक हप्ता अघि दक्षिण कोरियामा दैनिक सङ्क्रमति १७ हजार १८५ रहेको थियो । सो समयावधी बीस जनाको मृत्यु भएको पुष्टि भएसँगै यस महामरीबाट मृत्यु हुनेको संख्या २४ हजार २९९ पुगेको छ । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस