काठमाडौं । मिनिस्की ग्लोबलसँगको साझेदारीमा राकुटेन भाइबरले रोमाञ्चक र सजिलै खेल्न मिल्ने गेमहरू विश्वकै अग्रणी मेसेजिङ एपमा सार्वजनिक गरी हाइपर क्याजुअल गेमिङलाई नयाँ उचाइमा पुर्याएको छ । एसिया प्यासेफिकका भाइबर प्रयोगकर्ताहरूले जुन २२ देखि भाइबरमा एमगेम्स्को च्याटबटमार्फत् ७०वटा हाइपर क्याजुअल गेमहरू निःशुल्क र सजिलै एक्सेस् गर्न सक्नेछ । साथै प्रत्येक महिना नयाँ गेमहरू सार्वजनिक गरिने छन्। एमगेम्स्,मिनिस्की ग्लोबलद्वारा निर्मीत क्याजुअल गेमिङ प्लेटफर्म हो जसले मेकानिक्स् र डिजाइनको आधारमा खेल्न सजिलो र कम स्पेसको गेमहरूलाई वृहत् लाइब्रेरी प्रदान गर्दछ ।
“मिनिस्की ग्लोबलको साथ सहकार्य गरी विभिन्न सेगमेण्टका प्रयोगकर्ताहरूको रुचीसँग मिल्दो मोबाइल गेम हाम्रो प्लेटफर्ममा समावेश गर्न पाएकोमा हामी निकै उत्साहित छौँ” राकुटेन भाइबरका प्रमुख डाइरेक्टर डेभिड त्सेले भने । अन्तरक्रिया र कम्यूनिकेशनका लागि वैकल्पिक बाटो प्रदान गरी हाइपरक्याजुअल गेमरहरूको कम्यूनिटी निर्माण गर्नु रहेको बताए । शाब्दिक गेम खेल्न मन पराउने, पजल हल गर्न मन पराउने, एर्डिनालिन रिलिज गर्ने रोमाञ्चकारी गेम देखि स्क्रिन ट्याप मात्र गर्न मन पराउने जस्ता धेरै बिकल्प सहितको जुनसुकै उमेरको समुहका प्रयोगकर्ताहरूको लागि गेम हरु उपलब्ध रहेको छ । प्रयोगकर्ताहरूले यी अन्तरक्रियात्मक हाइपर क्याजुअल गेमहरू आफ्ना सञ्जालमा रहेका हरूसँग पुरस्कार र लिडरबोर्डका लागि प्रतिस्पर्धा गर्न मिल्नेछ । भाइबर प्रयोगकर्ताहरूले व्यक्तिगत लबी सृजना गरी आफ्ना साथीभाइ तथा परिवारसँग ‘अमुल्य समय’ बिताउन सक्नेछन् ।
“गेमिङको सामाजिक पाटो अक्सर बेवास्ता गरिँदै आइएको छ । तर हामीलाई विश्वास छ कि यसले हाम्रो प्रयोगकर्ताहरूलाई सशक्त रूपमा आफ्ना सञ्जालमा रहेकासँग घुलमिल हुन मद्दत पुर्याउने छ । उदाहरणका लागि, भाइबरमा एमगेम्सको प्राइभेट लबीहरू रहेका छन् जसले गर्दा भाइबर प्रयोगकर्ताले आफ्नो साथीभाइ तथा परिवारको साथ मैत्रीपूर्ण प्रतियोगिताहरू आयोजना गर्न सक्नेछन् । मेसेजिङ एपसँगको तपाईँको अनुभवलाई अझ जिवन्त, गतिशिल र नयाँ आयामहरू थप्न यी सुविधाहरू थप प्रभावकारी हुनेछन्” मिनिस्किका लागि प्रमुख कार्यकारी अफिसर रोनाल्ड रविन्स्ले भने ।
मण्डालुयोङ शहरमा जुन ८ मा आयोजित भाइबर मिडिया लञ्चमा एमगेम्स् च्याटबटको क्रममा, फिलिपिन्सका मिडियाका सदस्यहरूले आकर्षक पुरस्कारका लागि प्रतिस्पर्धा गर्दा कम्यूनिटी गेमिङको रमाइलो अनुभव गरे। नेपाल र बङ्गलादेशका मिडियाकर्मीहरू एमगेम्सको रमाइलोमा भर्चुअल्ली सामेल भएका थिए । बाधारअवरोधलाई पन्छ्याउन एण्डलेस ब्लक स्ट्याकिङ गर्नुपर्ने रोमाञ्चक ‘टैरो ब्लक’, ‘ह्याक ए मोल’, जसले खेलाडीहरूलाई आफूले पार्कमा बिताएको क्षणलाई पुनः प्राप्त गर्न सहयोग गर्ने रस ‘फ्युरियस स्पीड’, एड्रेनालाईन रिलिज गराउने ’कार(चेजिङ’ जस्ता केही गेमहरू निजी लबीमा खेलिएको थियो ।
प्रतिक्रिया दिनुहोस