aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप १७ जनामा कोरोना संक्रमण, सात जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ जेठ २०७९
थप १७ जनामा कोरोना संक्रमण, सात जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७ र एन्टीजेन परिक्षण गर्दा १० गरी जम्मा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।                  

त्यस्तै, पछिल्लो २४ घण्टामा  सात जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । 

पछिल्लो २४ घण्टामा ३ हजार ७० जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ८० हजार ५०१ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १०९ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस