aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

खेलकुद मन्त्री रुस प्रस्थान, रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० जेठ २०७९
खेलकुद मन्त्री रुस प्रस्थान, रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर हुने

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मी सहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । 

पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री  म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसक्रममा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ । साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल हुनेछ ।

भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ । 

नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिईएको छ ।
 

प्रतिक्रिया दिनुहोस