aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जेठ महिनामा मात्रै भारतीय २५ हजार पर्यटक लुम्बिनीमा

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • मंगलबार, ३१ जेठ २०७९
जेठ महिनामा मात्रै भारतीय २५ हजार पर्यटक लुम्बिनीमा

भैरहवा । लुम्बिनीमा भारतीय पर्यटकको घुइचो लागेको छ । प्रचण्ड गर्मी र पर्यटकका लागि अफ सिजन मानिएको समयमा भारतीय पर्यटक लुम्बिनी आउने क्रम तिब्र छ । जेठ २ गते २५६६ औं बुद्धजयन्ती मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनी आएछि पर्यटको घुइँचो लागेको छ । भारतको मध्य प्रदेश र उत्तर प्रदेशका नागरिक पारिवारीक रुपमा भ्रमणको लागि लुम्बिनी आएका छन् ।

बुद्धजयन्ती पश्चात लुम्बिनीमा करिब २५ हजार जना भारतीय पर्यटक आएका छन् । कोभिडका कारण २ वर्ष सम्म धरासायी भएको पर्यटन क्षेत्र विस्तारै उकालो लागेको छ । लुम्बिनीमा पर्यकट अत्यधिक आएको वर्ष सन् २०१९ हो । त्यतिबेला २ लाख ७ हजार १ सय ७१ जना भारतीय पर्यटक लुम्बिनी आएका थिए । मे महिनामा मात्रै २३ हजार ३ सय ७७ जना आएका थिए । यसवर्ष प्रधानमन्त्री मोदीको भ्रमणले २५ हजार पुगेको आँकलन लुम्बिनी विकास कोषले गरेको छ ।  

मोदीको पर्यटन भ्रमण र २ वर्ष सम्म भ्रमणको लागि बाहिर निस्कन नपाएको कारण बुद्धजयन्ति पश्चात लुम्बिनीमा पर्यटकको भिड लाग्ने गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

मोरङबाट लुम्बिनी आएका नबराज पोखरेलले लुम्बिनीमा पर्यटको घुइँचो भएपनि शान्त रहेको र घुम्नकोलागि आनन्द वातावरण रहेको बताए । भारतको महाराजगञ्जबाट लुम्बिनी आएका अमृत चौधरी लुम्बिनी राम्रो रहेको घुम्दा आनन्द अनुभूति हुने बताए ।

भारतकै मध्यप्रदेशबाट भ्रमणको लागि परिवार सहित लुम्बिनी आएका बिक्रम दासले लुम्बिनी भ्रमणको लागि रमणीय ठाउँ रहेको र लुम्बिनीका हरेक चोक चोकमा नक्साको व्यवस्था गरे घुम्नको लागि सहज हुने बताए ।

गर्मीको सिजनमा पर्यटकको आगमन कमी हुने भए पनि मोदीको भ्रमणको कारण भारतीय पर्यटक वृद्धि भएको र आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गरे पश्चात जेठ महिनामा मात्रै भारतीय पर्यटक २५ हजार जना आइपुगेका छन् । भारतीय पर्यटक लुम्बिनीमा आएतापनि बुद्धसँग सम्बन्धित अन्य स्थानको भने भ्रमण गरेका छैनन् । प्रचार प्रसारको अभावका कारण भारतीय पर्यटक बुद्धको घर तिलौराकोट र मावली देवदहमा पुग्न सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस