aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युएईमा सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
युएईमा सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य

एजेन्सी । युनाइटेड अबर इमिरेट्स(युएई)मा मल, सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, जिम, स्कूल, एयरपोर्ट र अस्पतालहरू सहित धेरै सार्वजनिक स्थानहरू र कार्यक्रमहरू पहुँच गर्न ग्रीन पास आवश्यक पर्नेभएको  छ । यो एक पटक  नेगेटिभ पीसीआर परीक्षण परिणाम प्राप्त गरेपछि प्राप्त गर्न सकिन्छ ।

जुन १५ देखि ग्रीन पास १४ दिनको लागि मात्र मान्य हुनेछ । त्यसपछि अर्को पीसीआर परीक्षण गर्नुपर्ने छ । ग्रीन पास लिनका लागि आफ्नो कोरोना परिक्षणलाई नेगेटिभ नतिजा प्राप्त गर्नुपर्ने हुन्छ । यो ग्रीन पास बिना देशभरका धेरै सार्वजनिक स्थानहरूमा पहुँच गर्न अनुमति दिइने छैन । 
 

प्रतिक्रिया दिनुहोस