aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपत्यकाभित्र रहेका होटलहरुको अकुपेन्सी औसतमा ११.१ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
उपत्यकाभित्र रहेका होटलहरुको अकुपेन्सी औसतमा ११.१ प्रतिशत

काठमाडौं । बागमती प्रदेश अन्तर्गत उपत्यकाभित्र रहेका होटलहरुको अकुपेन्सी औसतमा ११.१ प्रतिशत रहेको छ । मंगलबार नेपाल राष्ट्र बैंक जारी गरेको बागमती प्रदेशको अर्धवार्षिक आर्थिक प्रतिवेदन मा यस्तो देखिएको हो । 

राष्ट्र बैंकका अनुसार २०७८ पुस मसान्तसम्ममा उपत्यकाभित्र रहेका होटलहरुको अकुपेन्सी औसतमा ११.१ प्रतिशत रहेको छ । २०७८ साउनमा भने कोभिड–१९ को दोस्रो लहरको प्रभावले गर्दा होटलहरुको अकुपेन्सी औसतमा ६.३ प्रतिशत मात्र थियो । कोभिडको असर क्रमशः कम भएसँगै भदौ, असोज, कात्तिक र मंसिर महिनामा औसत अकुपेन्सीमा सुधार आएको देखिन्छ । कोभिड–१९ को नयाँ भेरियन्टः ओमिक्रोनको कारण भने पुनः २०७८ पुसमा उपत्यकाभित्रको होटलहरुका अकुपेनसी दर घट्न गएको छ ।

हाल कोभिडको असर क्रमशः न्यून हुँदै गएको, खोपको सहज उपलब्धता हुँदै गएको, पर्यटकहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने बस्नुपर्ने व्यवस्था हटाइएको, सरकारले हप्तामा दुई दिन बिदा दिने व्यवस्था गरेको, आन्तरिक पर्यटनमा उत्साह थपिएको लगायतका कारण यस पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस