aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१२ जनामा कोरोना संक्रमण हुँदा १६ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
१२ जनामा कोरोना संक्रमण हुँदा १६ जना निको भए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको संख्या थपिएको छ । यस अवधिमा २ हजार ३४१ जनामा परिक्षण गर्दा १२ जना संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएका छन् भने ३ लाख ८५ हजारले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

हाल ९३ जना कोरोनाका स्रक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    
 

प्रतिक्रिया दिनुहोस