aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घरेलु मैदानमै इंग्ल्याण्डलाई हंगेरीको प्रहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
घरेलु मैदानमै इंग्ल्याण्डलाई हंगेरीको प्रहार

काठमाडौं । सन् १९२८ पछिको इतिहासम इंग्ल्याण्ड आफ्नै घरेलु मैदानमा लज्जास्पद रुपमा पराजित भएको छ । यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको हो । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४–० को लज्जास्पद हार बेहोरेको हो ।

इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।

१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्टोन्स रातो कार्ड खाँदै मैदानबाट बाहरिनुपरेको थियो । खेलको अन्त्यमा ड्यानियल गाजडाङले अर्को गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।  

प्रतिक्रिया दिनुहोस