aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईसीसी क्रिकेट लिग नेपालद्वारा ओमान ७ विकेटले पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
आईसीसी क्रिकेट लिग नेपालद्वारा ओमान ७ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै नेपालले ७ विकेटलेउसलाई पराजित गरेको हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय खेलले नेपालको जीत सम्भव भएको थियो । शेखले सर्वाधिक ६२ रनमा खेलेका थिए भने भुर्तेलले ५६ रनको योगदान दिएका थिए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।

यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो ।   

प्रतिक्रिया दिनुहोस