
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालमा गैरकानुनी मानिएको सट्टेबाजीलाई मान्यता दिएको प्रमाण फेला परेको छ । एन्फा ले स्विजरल्यान्डस्थित एक सट्टेबाजी कम्पनीसँग सम्झौता गरेको खुलेको हो । नेपालमा अवैध मानिएको सट्टेबाजीलाई एन्फा स्वयंलै आधिकारिक रुपमा विदेशी कम्पनी इम्पावर स्पोर्टस् एजीसँग सम्झौता गरेको हो ।
नेपालमा कुनै पनि खेललगायतका अन्य क्षेत्रमा सट्टेबाजी गर्न नपाइने नियम भएता पनि एन्फाले २ सिजनका लागि उक्त कम्पनीसँग सम्झौता गरेको देखिएको छ । एन्फा र इम्पावर स्पोर्टस् एजीबीच नेपालका ए डिभिजन, बि डिभिजन, सि डिभिजन र राष्ट्रिय महिला फुटबल लिगका लागि सट्टेबाजी गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार एन्फाले उक्त कम्पनीलाई विशेष विश्वव्यापी, रोयल्टी–रहित, पूर्ण रूपमा भुक्तान गर्ने भनिएको छ । त्यस्तै उप–लाइसेन्स योग्य र सबै एन्फा प्रतियोगिताहरू र राष्ट्रिय टोलीका खेलहरूको प्रयोगको अधिकारसहित स्वतन्त्र रूपमा हस्तान्तरणयोग्य अडियो–भिजुअल अधिकारहरू प्रदान गर्नेछ ।
सम्झौतामा एन्फाले उक्त कम्पनीले सम्झौता गरे अनुसार १० दिन अघि नै खेलसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने र खेलमा हुने दिन प्रेस बक्समा तीन सिट र न्यूनतम ५ एमबीपीएस क्षमताको इन्टरनेट सुविधा उपलब्ध समेत गराउने उल्लेख छ ।
सम्झौतामा एन्फाका तर्फबाट इन्द्रमान तुलाधरले काठमाडौंमै २०२१ को डिसेम्बर ६ तारिखमा हस्ताक्षर गरेका छन् भने उक्त कम्पनीको तर्फबाट पेड्रो प्रेसा र एन्ड्रीयास अर्पागसले पोर्चुगलको ऐयरसमा सन् २०२१ को डिसेम्बर १४ तारिखका दिन हस्ताक्षर गरेका छन ।
सन् २०१८ सेम्टेम्बरमा गरिएको सम्झौता गत सेप्टेम्बरमा संशोधन गरिएको छ । उक्त सम्झौताको नेपालमा आयोजना हु्ने अधिकांश खेलकुदको प्रचार–प्रसार र सम्पूर्ण अधिकार इएसएजीमा निहित हुने भनिएको छ, “बेटिङ अपरेटरहरू’’ भनेको ती कम्पनीहरू हुन् जसले बेटिंग प्लेटफर्म वा बेटिंग पसलहरूमा स्थान बेटिङका लागि कार्यक्रमहरूको लागि कानुनी रूपमा उपलब्ध गराउने गर्दछन् ।’’
“बेटिङ प्लेटफर्महरू’’ भनेको वेबसाइटहरू वा मोबाइल एपहरू जुन बेट्सन खेलकुद घटनाहरू राख्नको लागि कानुनी रूपमा उपलब्ध गराउने भनिएको छ ।’’
“बेटिङ पसल’’ भनेको रुम र बन्द क्षेत्रहरू जसमा खेलकुद सट्टेबाजीलाई कानुनी रूपमा प्रस्ताव गरिन्छ । नेपालको नेपालमा सट्टेवाबी गराएको भेटिएमा मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमका कसुर अपराध उपदफा ६ बमोजिम सजाय समेत हुने व्यवस्था रहेको छ ।
यता एन्फाका अध्यक्ष कर्मा शेर्पा भने खेलकुदमा विश्वभरी नै यस्तो सम्झौता हुने गरेको बताउँछन् । आर्थिकन्युज डटकमसँग कुराकानी गर्दै उनले असार ६ गते हुने निर्वाचनलाई प्रभावित पार्नका लागि यस्तो हल्ला चलाइएको उनले आरोप समेत लगाए । उनले भने, ‘इएसएजीसँग विश्वभरीका खेलकुद संस्थाहरुले यस्तो सम्झौता गरेका हुन्छन् । त्यहि संस्थासँग हामीले पनि सम्झौता गरेका हौं । उक्त सम्झौतामा सट्टेवाज गराउन अनुमति लिने भन्ने कहि पनि छैन् ।’
प्रतिक्रिया दिनुहोस