
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभरी १४ जना कोरोना भाइरसका नयाँ विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार पाँच सय ३४ परिक्षणमा ११ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो । पिसीआर प्रविधिबाट ११ जना र एन्टिजेन प्रविधिबाट ३ जनामा कोरोना सक्रमण फेला परेको हो ।
जसमा पीसिआर परिक्षणमा एक हजार पाँच सय ९० र एन्टिजेन प्रविधिबाट नौं सय ४४ परिक्षण गरिएको थियो । देशैभरी सक्रिय संक्रमित १०४ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस