
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तर गत असार ५ गते आइतबार बैंक एकाण्न्ट ललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइने कम्पनीले जनाएको छ । आइतबार साँझ ५ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंकमार्फत कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ ।
इसेवाले आमग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंकगरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइभएको हुनुपर्नेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाखगरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खाने पानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस