aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भोजपुरबासीलाई खुशीको खबर, टक्सार विमानस्थल सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
भोजपुरबासीलाई खुशीको खबर, टक्सार विमानस्थल सञ्चालनमा

भोजपुर । जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई बाह्र)ले शुक्रबार परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । 

अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिए । वाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल अनुकूल पाइएको प्रतिक्रिया दिए निगमले जनाएको छ । नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ । अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर हप्तामा दुई  दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस