
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २० र एन्टीजेन परिक्षण गर्दा ८ गरी जम्मा २८ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९१४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १२० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस