aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एन्फामा पंकजले मारे बाजी, ६ मतान्तरले विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असार २०७९
एन्फामा पंकजले मारे बाजी, ६ मतान्तरले विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् ।

आगामी चार वर्षको कार्यकालकालका लागि नेम्बाङ झिनो मतान्तरले विजयी भएका छन् । कुल ८४ मत खसेकोमा नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत ल्याएका थिए । एन्फाको अध्यक्षका लागि शेर्पा, नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले उम्मेदवारी दिएका थिए । 

निर्वाचनमा ८४ मत खसेकोमा एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाएका छन् । यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाएका छन् ।

त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतीक्षारत चार वटा क्लबसँगै एन्फामा आबद्ध चार वटा संघले मताधिकार पाएका छन् भने रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक(एक मत हाल्ने अधिकार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस