aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हवाई सेवा बन्द गरे प्राधिकरण चुप लागेर बस्दैनः महानिर्देशक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असार २०७९
हवाई सेवा बन्द गरे प्राधिकरण चुप लागेर बस्दैनः महानिर्देशक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नीजि हवाई कम्पनीहरुलाई कडा चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै अत्यावश्यक क्षेत्र मानिएको हवाई सेवा बन्द गर्न घोषणा गरेका विमान कम्पनीहरुलाई चेतावनी दिएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नीजि वायु सेवा कम्पनीहरुलाई इंगित गर्दै हवाई क्षेत्र अत्यावश्यक क्षेत्र भएको नभुल्न चेतावनी दिएका छन् । ‘आर्थिक विस्तारका लागि प्राधिकरण र वायुसेवा कम्पनी दुवैको उत्तिकै भूमिका हुन्छ । नीजि कम्पनीको साने गल्तीले ठुलो क्षति हुन सक्छ । आफूलाई मन परेन भने उडान नै बन्द गर्छु भन्न मिल्दैन । हवाईसेवा बन्द गरे प्राधिकरण चुप लागेर बस्दैन ।’

प्राधिकरणले त्रिभुवन विमानस्थल साँघुरो भएको हुनाले विमान कम्पनीहरुले अनुमति लिँदा लिएको वेश स्थानमा नै विमान पार्किङ गर्नुपर्ने निर्देशन जारी गरेको थियो । 

उक्त निर्देशनको विरोध गर्दै विमान कम्पनीहरुले बुधबार देखि सम्पूर्ण हवाई सेवा बन्द गर्ने घोषणा गरेका छन् । हाल त्रिभुवन विमानस्थलमा एघार वटा अन्तर्राष्ट्रिय र सत्र वटा आन्तरिक विमान पार्किङ गर्ने क्षमता रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस