aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल टेलिकमले ल्यायो लिज कनेक्टिभिटीको नयाँ महशुल दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
नेपाल टेलिकमले ल्यायो लिज कनेक्टिभिटीको नयाँ महशुल दर

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो । 

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रहेकोमा अब एक हजार ६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सयबाट घटाएर १ हजार ६ सय नै कायम गरिएको छ ।  

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सय  र एक हजार ९ सय रहेकोमा अब दुवैको महशुल दर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ । इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रहेकोमा अब २ हजार ४ सय, ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रहेकोमा अब २ हजार एक सय र १०० एमबीपीएस भन्दा बढीको २ हजार एक सय २ हजार एक सय रहेकोमा अब एक हजार ८ सय कायम गरिएको छ ।  

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।  
 

प्रतिक्रिया दिनुहोस