aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थपिए ४३ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
थपिए ४३ जना कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थपिएका छन् । 

यस अवधिमा ३ हजार ५५५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ३२ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित थपिएका छन् भने ११ जना एन्टीजेन परिक्षणबाट थपिएका थिए ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जना संक्रमित निको भएका छन् भने एक लाख ५० हजार ६१ जनाले कोरोना परिक्षण गरेका थिए । हाल १८१ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस