
काठमाडौं । भिभो एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ ।
यो एकसाथ धेरै एपहरु प्रयोय गर्दा पनि स्मुद अनुभव सुनिश्चित गर्न ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जले यसलाई फैशनेबल र टेक सेभी प्रयोगकर्ताहरुका लागि प्रचुर विशेषताहरुले भरिपूर्ण स्मार्टफोन बनाउँछ ।
वाई५५ले भिभोको उल्लेखनीय नवीन डिजाइन र प्रविधि समावेश गर्दछ, जसले उपभोक्ताहरूलाई १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्रीका साथ शक्तिशाली प्रदर्शनमार्फत आफ्नो व्यक्तित्व झल्काउने क्षमता प्रदान गर्दछ । यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको छ । सामाजिक संजाल र वास्तविक जीवनमा अप्टुडेट रहन नवीन विशेषताहरूसहित पावर–प्याक उपकरण खोज्ने यूवा प्रयोगकर्ताहरुको जीवनशैली अनुरुप वाई५५ लाई रणनीतिक रूपमा डिजाइन गरिएको छ ।
उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफी अनुभवको लागि वाई५५ मा ५०एमपी एचडी रियर क्यामेरा रहेको छ । १६एमपी फ्रन्ट क्यामेराका साथ, वाई५५ बाट भिभोको एडभान्स पोट्र्रेट एल्गोरिदमद्वारा आकर्षक सेल्फीहरु पनि खिच्न सकिन्छ । सुपर नाइट सेल्फी नोइज घटाउने एल्गोरिदम, प्राकृतिक पोट्रट एल्गोरिदम र औरा स्क्रिन लाइटले कम प्रकाशमा सेल्फ– पोट्र्रेटहरु सुधार गर्दछ । सेल्फी क्यामेराले अनुहारलाई प्राकृतिक रूपमा चमकिलो बनाउँछ र वास्तविक समयमा उज्यालो प्रभावको पूर्वावलोकनलाई समर्थन गर्दछ ।
वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको छ भने ग्राहकहरुले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस