aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौंमा १४ जनामा हैजा देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
काठमाडौंमा १४ जनामा हैजा देखियो

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिए । 

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष ९आइसियू०मा राखेर उपचार गरिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस