aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ५५ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
थप ५५ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाले कोरोना परिक्षण गरेको थियो । जसबाट आरटी पिसिआरबाट ३६ जना र एन्टीजेन परिक्षणबाट १९ जना संक्रमित थपिएका हुन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार ४७७ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । हाल २८० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । 
 
 

प्रतिक्रिया दिनुहोस