
काठमाडौं । लुम्बिनी प्रदेशमा पर्यटकस्तरीय होटल तथा लज १८.३० प्रतिशतले बढेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्ताे देखिएको हो ।
समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लज संख्या १८.३० प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा लज शैया संख्या, प्रत्यक्ष रोजगारी संख्या र अकुपेन्सीदर समेत बढेको छ भने भारतबाट १०,३५० र तेस्रो मुलुकबाट १,४१५ गरी जम्मा ११,७६५ पर्यटकको आगमन भएको छ ।
समीक्षा अवधिमा कुल घर तथा भवनको नक्सा पास संख्यामा सामान्य वृद्धि भएको छ भने रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४७.२८ प्रतिशत र रुकुम पूर्व जिल्लामा शून्य रहेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या २०.०३ प्रतिशतले ह्रास आएको भएतापनि सोवापत संकलन हुने राजस्व ८८.३० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा यस प्रदेशमा ‘क’ वर्गको ७२४, ‘ख’ वर्गको २४१, ‘ग’ वर्गको ४३ र ‘घ’ वर्गको ११५८ गरी कुल २१६६ वटा बैंक तथा वित्तीय संस्थाहरु मध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी ५३० वटा र रुकुमपूर्व जिल्लामा सबैभन्दा कम (१५ वटा शाखाहरु) सञ्चालनमा रहेका छन्।
यस प्रदेशमा बाणिज्य बैंकहरुको कुल शाखा रहित बैंकिङ्ग सेवा रुपन्देही जिल्लामा सवैभन्दा धेरै (३८.१२ प्रतिशत) रहेको छ भने रुकुमपूर्व जिल्लामा सबैभन्दा कम (०.३४ प्रतिशत) रहेको छ । समीक्षा अवधिमा यस प्रदेशमा कुल निक्षेप सामान्य वृद्धि भएको भएतापनि कर्जा प्रवाह १४.६२ प्रतिशतले वृद्धि भएको छ र कर्जा÷निक्षेप अनुपात १३३.३५ प्रतिशत रहेको छ । प्रवाहित कुल कर्जामा विपन्न वर्ग कर्जाको ८.८२ प्रतिशत, पुनरकर्जाको ४.२१ प्रतिशत र सहुलियतपूर्ण कर्जाको ५.६४ प्रतिशत हिस्सा रहेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप १८.४० प्रतिशतले वृद्धि भएको छ भने कुल कर्जा २३.५२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी, बचत परिचालन, कुल ऋण प्रवाह र सदस्य संख्या समेत बढेको छ । समीक्षा अवधिमा कुल सवारी साधनको संख्या ९.८६ प्रतिशतले वृद्धि भई १० लाख २२ हजार ४०५ पुगेको छ । समिक्षा अवधिमा परिवत्र्य विदेशी मुद्रा खरिद ६७.५७ प्रतिशतले घटेको छ भने सिद्धार्थनगर कार्यालयबाट भारतीय मुद्राको विक्री कार्य घटाइएको छ ।
प्रतिक्रिया दिनुहोस