
एजेन्सी । भारतमा कोरोनाको गति लगातार बढिरहेको छ । यदि पछिल्लो २४ घण्टाको कुरा गर्ने हो भने १७ हजार ९२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय कोरोनाका नयाँ सबभ्यारियन्ट पनि देखा परेका छन् । जसका कारण कोरोनाका केसहरु बढिरहेका छन् ।
भारतबाहेक इङ्ल्यान्ड र बेलायतमा पनि कोरोनाको केस बढ्नुको कारण ओमिक्रोनको सबभेरिएन्ट BA.4 र BA.5 रहेको मानिन्छ। बढ्दो केसहरूलाई ध्यानमा राख्दै, पाँचौं लहरको सम्भावना पनि देखिन्छ। भारतमा दिनहुँ आउने केसको कुरा गर्ने हो भने विज्ञहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । लगातार बढ्दै गएका कोरोना संक्रमितमा केही सामान्य लक्षणहरु देखिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस